तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

मङ्गलबार, २१ असोज २०७६, १२ : ४० नागरिक

काबुल - ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’  तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन्।

गत महिना काबुलमा भएको एक बम विष्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिका र  तालिबानबीच शान्ति वार्तामा हुने सकेको थिएन।

तालिवान र पाकिस्तानबीच अफगान शान्ति सम्बन्धमा नयाँ वार्ता भइरहेको छ, यद्यपि अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन।  तालिबानले काबुलको प्रशासनलाई अमेरिकी कठपुतली ठाने र उनीहरूको विश्वासलाई अस्वीकार  गर्ने बताएका छन्।

अफगानिस्तानका राष्ट्रपतिका पूर्व सल्लाहकार दाउद सुल्तानजोयका अनुसार शान्ति वार्तामा संलग्न देशहरूले बाँकी सहभागीहरूसँगको आत्मविश्वास बढाउन आवश्यक भएको बताएका छन्।

अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा गत  बिहीबार सहमति भएको  थियो।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गरेका थिए।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उनको मन्त्रालयमा भेट गरी शान्ति वार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको थियो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad