coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङले छ घाइते

भाेजपुर – अविरल वर्षासँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन्। गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको जनाएकाे छ।

त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको जनाएकाे छ।

चट्याङका कारण स्थानीय गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा करिब ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा  ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीको जनाएकाे  छ।

त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा  पनि  क्षति भएको छ। सो विद्युत् आयोजनाबाट गाउँमा वितरण गरेको तीन हजार मिटरतार समेत डढेको जनाइएको छ। सो स्थान दुर्गम रहेको कारण  सूचना सङ्कलनमा समेत समस्या भएको प्रहरीले जानाएकाे छ। रासस

प्रकाशित: २१ आश्विन २०७६ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App