८ वैशाख २०८१ शनिबार
समाज

लाखौंको कपडा बरामद, तीन जना पक्राउ

बारा - बारा प्रहरीले मोटरसाईकलमा लोड गरि अबैध तरिकाले  भित्रियाइएको कपडा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत ठुलो परिमाणमा कपडा सहित पक्राउ परेकाहरुलाई बारा प्रहरीले सार्वजनिक गरेको हो।

पाँचवटा मोटरसाइकलमा लोड गरेर भन्सार छली  गरि ल्याउँदै गरेको अवस्थामा प्रहरीले सूचनाको अधारमा तस्करहरुलाई पिछा गर्दा सिम्रौनगढ नगरपालिका ६ सानो इटवालबाट उनीहरुलाई  कपडा लोड गरेको मोटरसाइल सहित  पक्राउ गरिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका ५ का  रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको खनालले बताए।

भन्सार छली गरेको कपडा सहित प्रहरीले बी आर ०५ एम ३०३० , बी आर ०५ ई ६७३५, बी आर ०५ एफ ६७११ , बी आर ०५ एफ  ८७५ र बा ५८ प २२३ नम्बरको मोटरसाईकलहरुलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खनालले बताए।

पाँचवटा मोटरसाइकलमा लोड गरेको कपडा सहित तीन जना पक्राउ परे पछि उनीहरुले अबैध तरिकाले भारतबाट कपडा ल्याएर राख्दै गरेको सानो ईटवालका मोजाहिर मियाँको घरमा खानतलासी गर्दा घरबाट पनि अबैध कपडाहरु बरामत गरिएको प्रहरी उपरीक्षक खनालले बताए।

मोटरसाइकल र घरबाट बारा प्रहरीले  २२ बोरामा राखिएको  कुर्ता सुरूवाल, बच्चको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो गन्जी  लगायतका बिभिन्न किसिमका तयारी कपडाहरू बरामत गरेको र बरामत गरिएको कपडाहरुको बजार मूख्य ३३ लाख ९० हजार बराबरको रहेको पत्रकार सम्मेलनमा खनालले बताए।

प्रहरीले नियन्त्रणमा लिएको कपडा, मोटरसाइकल र कपडा तस्करीको आरोपमा पक्राउ परेका तीन जना  थप कारवाही गर्नको लािग वीरगन्ज भन्सार पठाइएको बारा प्रहरीले जनाएको छ।

 

प्रकाशित: २० आश्विन २०७६ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App