coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कानुन व्यवसायी मञ्चमा नयाँ नेतृत्व

काठमाडौं- संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ललितबहादुर बस्नेत चुनिएका छन्। मञ्चको काठमाडौंमा सम्पन्न १४ औँ साधारणसभाले पूर्व राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। यसअघि अधिवक्ता चन्द्रकान्त ज्ञवाली मञ्चको अध्यक्ष थिए।

मञ्च संवैधानिक कानुनमा दख्खल राख्ने कानुन व्यवसायीको संगठन हो। समितिको उपाध्यक्षमा सरोजकृष्ण घिमिरे, महासचिवमा ओमप्रकाश अर्याल, सचिवमा अम्बर राउत र कोषाध्यक्षमा लिलाधर उपाध्याय निर्वाचित भएका छन्। सदस्यमा मनोज शर्मा, हर्कबहादुर रावल, दिनेश त्रिपाठी, रु› शर्मा, शर्मिला श्रेष्ठ र पवनकुमार जैसवाल चयन भएका छन्। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मञ्चले संविधानवादको पक्षमा वकालत गर्दै चर्चा कमाएको थियो।

प्रकाशित: १२ मंसिर २०७३ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App