७ वैशाख २०८१ शुक्रबार
समाज

दुई किलो ७ सय ग्राम चरेशसहित दुई जना पक्राउ

अमरगढी - डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१ नामको मोटरसाइकल बैतडीबाट डडेल्धुरा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजको झोलाबाट ७०० ग्राम चरेश बरामद गरेको थियो।

साथै अमरगढी–६ भालुमारे बस्ने वर्ष ३८ को वीरबहादुर बोहरालाई निजको घरबाट दुई किलोग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उक्त लागुऔषध चरेश बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

प्रकाशित: १९ आश्विन २०७६ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App