जुम्ला - जुम्लाको हिमा गाउँपालिका ६स्थित देवलडाँडा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीया विपना अधिकारी रहेको रारालिही प्रहरी चौकी इन्चार्ज कृष्णबहादुर खड्काले जानकारी दिए।
उनकाअनुसार लेकबाट आलु ल्याउदै गर्दा बाटोमा चिप्लिएर उनी लडेकी हुन्। मृतक अधिकारीको शव साढे दुई सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले जानकारी थिए।शवलाइ कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ।
प्रकाशित: १९ आश्विन २०७६ १३:५३ आइतबार