coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टी- २० सिरिज, हङकङमाथि नेपालको जित

काठमाडौं - ओमनमा जारी पाँच देश सम्मिलित टी २० सिरिजमा नेपालले हङकङमाथि ४ विकेटको जित निकालेको छ। आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै ६ विकेटको क्षतिमा भेट्टाएको हो। ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए।
 नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए। आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए। सोमपालले १३ बलमा १३ रन बनाए। यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।

 

प्रकाशित: १९ आश्विन २०७६ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App