coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

तस्बरःरासस

काठमाडौँ — संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेपछि बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली उनलाई लिन सभामुख निवासमै पुगेको थियो। 

संसद् सचिवालयमा कार्यरत कर्मचारी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।  महराले असोज १४ गते मंगलबार सभामुख पदबाट  राजिनामा दिएका थिए। 

प्रकाशित: १९ आश्विन २०७६ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App