८ वैशाख २०८१ शनिबार
समाज

नयाँ नोटसँगै चिट पनि

भैरहवा - सिद्धार्थनगर १२ बस्ने चेतबहादुर गुरुङ नयाँ नोट पाउदै हर्षित देखिए। दशै तिहारमा दक्षिणा दिनका लागि उनले १८ हजार ५ सय बराबरको नयाँ नोट राष्ट्र बैकबाट लिए। रुपन्देहीकै अभिरुची सहकारीले पनि आफ्नो शेयर सदस्यहरुमा दशैमा बोनस बाढ्नका निम्ति नेपाल राष्ट्र बैकबाट नयाँ नोट सटही गरे। यता जेष्ठ नागरिकको लाइनमा ७५ वर्षिय रमाकुमारी कुवर पनि छोरा नातीलाई दक्षिणा दिनका लागि नयाँ नोटलाई व्यागमा सम्हाल्दै मुस्कुराइहेकी थिइन्। यि सबै दृष्य हो नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयको जहाँ नयाँ नोट वितरण हुँदै थियो। आएका सबै प्रतिनिधिहरुलाई हर्षित भएर नोट लिइरहेका थिए।

हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले शुक्रबारसम्म करिब २ अर्ब नयाँ नोट सर्वसाधरणका लागि आफ्नो कार्यक्षेत्रमा बाढेको छ। प्रादेशिक कार्यालय सिद्धार्थनगर अन्तर्गत पर्ने ९ जिल्ला मध्ये भैरहवामा राष्ट्रबैक स्वयमले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट उक्त नयाँ नोट साटेको हो।

जसमध्ये अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ र सुकिला नोट साटिएको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले जानकारी दिए। रुपन्देहीको हकमा नयाँ नोटका लागि राष्ट्र बैंकमै र अन्य जिल्लामा भने नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट उपलब्ध गराइएको थियो।

एक सय, पचास, वीस, दश र पाच दरका एक/एक बण्डल नोट गरी प्रतिव्यक्ति अठार हजार ५ सय रुपैयाँको दरले भैरहवामा पनि करिब ८ हजार ५ सय जनाले नयाँ नोट साटेको राष्ट्र बैकका सहायक निर्देशक रमेश न्यौपानेले बताए । राष्ट्र बैक सिद्धार्थनगरले सर्वसाधाणलाई असोजको १० गते देखि १७ गते सम्म नोट साटेको भए पनि बैंक तथा वित्तीय संस्थालाई पहिलै नयाँ नोट दिइएको थियो।

सर्वसाधारणको सहजताका लागि हामीले आफै र अन्य हामीले नियमन गर्ने सात सय बढी बैंक तथा वित्तीय संस्थालाई कर्जाको कारोबार, खाता संख्या हेरेर प्रत्येक शाखालाई ५० लाख देखि ढेड करोड सम्म नयाँ र सुकिला नोट दिइए पनि केही ठाँउ बाहेक सबै ठाँउका नागरिकले सहज रुपमै नयाँ नोट पाएको न्यौपानेले नागरिक न्यूजलाई बताए।

प्रादेशिक कार्यालय सिद्धार्थनगरले स्वयम दैनिक करिब १२ सय जनालाई विहान १० बजेदेखि ४ बजेसम्म विभिन्न ५ वटा काउण्टरबाट सेवा दिएको बैक प्रशासनले जनाएको छ। विगतभन्दा यस पटक फरक तरिकाले व्यवस्थित गरी काउण्टरबाट पैसा साट्ने व्यवस्था गरेका थियौ। ५ काउण्टर मध्ये २ वटा सर्वसाधारण, १ वटा अशक्त र जेष्ठ नागरिकलाई, १ वटा सरकारी कार्यालयलाई, १ वटा वित्तिय सस्था र सहकारीहरुका लागि काउण्टर व्यवस्थापन गरी नोट साट्ने काम भएको कार्यालयले जनाएको छ। यसको साथै बण्डल तोडेर थोरै रकम साट्न आउनेलाई रिसेप्शनबाटै साट्ने व्यवस्था गरेको बैकले जनाएको छ।

रुपन्देहीबाट मात्रै करिब १ अर्ब २५ करोड नया नोट साटिएको छ। हामूो कार्य क्षेत्रमा पनि करिब ६० करोड सय भन्दा साना दरका नोट साटिएको छ। अन्य जिल्लाको हकमा बैकको विमा कोष अनुसार सरदरमा ३० करोड हराहारमिा नोट वजारमा गएका छन। दशैका लागि मात्र हामीले २ अर्ब नयाँ नोट राष्ट्र बैंक प्रादेशिक कार्यालयमा भण्डारण गरेका थियौ।

नोटसँगै सचेतना चिट
नेपाल राष्ट्र बैक सिद्धार्थनगरले सर्वसाधरणलाई नोट बाड्दासगै एउटा चिट पनि दिइएको छ। सर्वसाधरणले नोट संरक्षण गरी सुरक्षित साथ प्रयोग गरुन भन्ने उद्देश्यले उक्त चिट सर्वसाधरणलाई दिइएको हो।  

अन्य समयमा बजार गएको नोटको आयु २ वर्ष भएपनि दशैमा बजार गएका नोटको आयु ६ महिना मात्र हुने हुदा यस वर्ष हामीले नागरिकमा नयाँ नोट सँगै सूचनामूलक चिट दिइएको बैकका प्रमुख भट्टराईले भने। गत आव २०७५/७६मा मात्र यस शाखाबाट १३ अर्ब ६७ करोड ७८ लाख बराबरको नोटमा केरमेट र अबिर लागेकोले नोट जलान गरिएको थियो। जसले नेपाल सरकारलाई आर्थिक भार पनि पर्ने भएकोले केही हद सम्म नियन्त्रण होस भन्ने उद्देश्यले यस वर्ष देखि सर्वसाधारणमा सचेतना जगाउन र नोट सुरक्षित राख्नु पर्छ भन्ने भावनाको विकास गराउन उक्त चिटको सुरुवात गरिएको भट्टराईले बताए।

प्रकाशित: १९ आश्विन २०७६ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App