coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नवलपरासीमा जीप दुर्घटना, सातको मृत्यु

चितवन- नवलपरासी जिल्लाको पहाडी गाउँ बुलिङटारको बतासेमा शनिबार राति भएको जीप दुर्घटनामा सात जनाको निधन भएको छ। इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले दिएको जानकारीअनुसार सो दुर्घटनामा १८ जना घाइते भएका छन्। मृतक र घाइते सवै बुलिङटार-८ मा पर्ने बतासे गाउँका बासिन्दा भएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाका अनुसार छजनाको घटना स्थलमै ज्यान गएको थियो। एजनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको उनले बताए। मृतकहरुको शव दुम्कौली स्वास्थ्य केन्द्रमा राखिएको छ। घाइतेहरुको चितवनका विभिन्न असप्तालमा उपचार भइरहेको छ।

गाउँमा सुन्तला बोक्ने ग१ज ३६३२ नम्बरको बलेरो जीप राति १० बजे तिर दुर्घटना भएको हो। गाउँको विवादका विषयमा बुलिङटारको प्रहरी चौकीमा छलफल गर्न आएका व्यक्तिहरु सो जीप चढेर घर फर्कदै थिए। हिँडेर जाने हो भने सो गाउँ पुग्न प्रहरी चौकीबाट तीन घण्टा लाग्छ। दुर्घटनास्थल पूर्व-पश्चिम महेन्द्र राजमार्गको कावासोतीबाट झण्डै ५० किलो मिटर उत्तरमा छ।

तनहुँसँग सिमाना जोडिएको सो ठाउँ निकै विकट छ। मृतक सातैजनाको सनाखत भएको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जानकारी दिएको छ। प्रहरी नियन्त्रण कक्ष कावासोतीबाट प्राप्त विवरण अनुसार मृतकहरुमा बुलिङटार गाविस वडा नं. ८ बतासे गाउँका सुमन्ति मगर, खेम मगर, दीपक मगर, रेमबहादुर मगर, लोकबहादुर मगर, जयबहादुर मगर र किसन मगर रहेका छन्।

त्यस्तै घाइते १८ जनामध्ये १५ जनाको भरतपुरको नारायाणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।  तीनजनाको भरतपुरकै पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जानकारी दिएको छ।

प्रकाशित: १२ मंसिर २०७३ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App