उदयपुर - उदयपुरका एक वृद्धको शव फेला परेको छ। ३ दिनअघि आफन्तकामा हिडेका जिल्लाको बेलका नगरपालिका ४ का ८५ वर्षीय इच्छाबहादुर राइको शव आइतबार बिहान भेटिएको हो।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका अनुसार शुक्रबार दिउँसो तीन बजे बेलका ३ रातापानीस्थित आफन्तकोमा जाने भनेर हिडेका राई शनिबारसम्म पुगेको खवर नआएपछि खोजतलासको क्रममा आइतबार बिहान मृत भेटिएका हुन्।
वृद्धको लास बेलका ३स्थित गिदेरी खोलाकिनारमा प्रहरी चौकी लालपत्ताबाट खटेको प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वको टोलीले फेला पारेको हो। मृत्युबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०७६ ०७:२५ आइतबार