काठमाडाैँ - बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ। राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो।
फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज साहित्य पदयात्रा टुङ्गिएको छ।
सहभागी करीब ५० जनाले कविता, मुक्तक, गजल, गीतमार्फत दुई दिनसम्म नगरवासीको सुखशान्तिको कामना गरी नगरका १० वटै वडा परिक्रमा गरेका थियो। साहित्य पदयात्राका टोलीबाट नगरवासीलाई प्रत्यक्ष रुपमा दशैँको शुभकामना दिन र एकार्काको शुभभावना साटासाट गर्नका लागि सहयोग पुगेको नगर प्रमुख सिंहबहादुर थापाले बताए।
कलासाहित्यको जगेर्ना गर्दै दशैँको शुभकामना सन्देश दिनका लागि पदयात्रा आयोजना गरिएको सौभाग्यदेव पूर्वविद्यार्थी समाजका नवराज पौडेलले भन्नुभयो। आगामी वर्षमा समेत यस्ता अभियानलाई निरन्तरता दिइने उहाँको भनाइ छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत