स्थानीय कलेजमा विद्यार्थीको मोह

आइतबार, १९ असोज २०७६, १२ : १८ नागरिक

भोजपुर - गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ ।

उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, इटहरी, विराटनगर, काठमाडौँ जस्ता शहरमा पढाउन खर्च धान्न नसक्ने न्यून आयस्रोतका सर्वसाधारणका लागि चुनौतीको विषय थियो ।

आफ्नै ठाउँमा चाहेजस्तो उच्च शिक्षा लिन पाउँदा विद्यार्थीलाई सहज भएको छ भने अभिभावकले खुशीको महसुस गरेका छन् । कुलुङ बहुमुखी क्याम्पस दिङ्लाकी छात्रा रितु राईले भने , ‘‘ उच्च शिक्षा लिनको लागि शहरका महँगा क्याम्पसमा जानुपर्ने बाध्यता थियो, दा, दिइदीहरुले त त्यतै गएर पढ्नुभयो तर अहिले आफ्नै ठाउँको कलेजमा चाहेको विषय पढ्न पाउँदा निकै खुशी छु । आफ्नै घरमा बनेको खानेकुरा खाएर उच्च शिक्षा लिन पाउँदा हामीलाई निकै सहजता थपिएको छ ।”

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी जिल्लाभर तीन आङ्गिक क्याम्पस सञ्चालनमा छन् । घरपायकमै उच्च शिक्षा पाउँदा समय र पैसाको बचत हुने गरेको उनीहरु बताउँछन् ।

सहज, सरल, स्पष्ट रुपमा सङ्कायगत विषयमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामीण विद्यार्थीलाई बस्नका लागि व्यवस्थित छात्रावास, सहज कक्षाकोठा, सुलभ इमेल–इन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ । दक्ष प्राध्यापकबाट सहजीकरण र अध्यापन गरिने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो ।कुलुङ क्याम्पसमा प्राध्यापनरत अशोककुमार यादवले भने , ‘‘क्याम्पस स्थापना भएसंँगै विद्यार्थीहरुको शहरका क्याम्पसमा जाने मोह हटेको छ, विद्यार्थीले गाउँकै क्याम्पसमा राम्रो शिक्षा लिन पाएका छन् । ’’

आर्थिक रुपले बाहिर गएर पढ्न नसक्ने विद्यार्थी बढीभन्दा बढी लाभान्वित हुने गरेका छन् । शैक्षिक गुणस्तरको हिसाबले जिल्लाभित्र अध्ययन गर्ने विद्यार्थी बाह्य क्याम्पसको तुलनामा अब्बल देखिएको प्राध्यापकको बुझाइ छ । पढाइसँगै सीपमूलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको उनीहरु बताउँछन् । भोजपुर क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले भन्नुभयो, ‘‘सहज शिक्षाको लागि क्याम्पस प्रशासनले इ–लाईवेरी, छात्रावास र दक्ष प्रध्यापकहरुको व्यवस्था गरेपछि शिक्षाको गुणस्तरमा सुधार आएको छ, भने विद्यार्थीको मोह पनि स्थानीय क्याम्पसमा बढेको छ ।’’






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad