coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

काठमाडाैँ - सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेका छन् । 

सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष  थापाले बताए ।

यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण तलब गाउँमा रहेका गरीब, दलित, अपाङ्गता भएकार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेका उनले पाँच महिनाको तलब द्वन्द्वपीडित र असहाय बालबालिकाको पढाइमा सहयोग गरेका थिए ।

यसैबीच  भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्यावस्थाको जानकारी लिन गाउँपालिकाभरिका ५५  महिला स्वास्थ्य स्वयंसेविकालाई  जनही रु १० हजारका दरले दशैँ खर्च उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

प्रकाशित: १९ आश्विन २०७६ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App