बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

आइतबार, १९ असोज २०७६, १० : ४३ नागरिक

काठमाडाैँ - बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए ।

बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन् । गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुशी भएका स्थानीयवासी सेवा बन्द हुँदा निराश भएका छन् । केही महीना सञ्चालन भएको पञ्चकर्म सेवाअन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरूलाई समस्या भएको दशरथचन्द नगरपालिका– १ का हरिप्रिया भट्टले बताए ।

बाथरोगका बिरामीलाई मध्यनजर गरेर शुरु भएको सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको हो । नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सञ्चालन हुने वरिष्ठ वैद्य कलौनीको भनाइ छ ।

लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने र आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पञ्चकर्म सेवा उपयुक्त मानिन्छ । पञ्चकर्म सेवा शुरु गर्न सके लामो समयदेखि दम, बाथरोग, गठियावादलगायतका बिरामीलाई सजिलो हुने गर्दछ । बैतडीको मेलौली, मुस्याचौर र शाहीलेक गरी तीन स्थानमा आयुर्वेदिक औषधालय रहेका छन् ।






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad