coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुली राख्न बनाएको खाल्डोमा डुबेर एकको मृत्यु

भरतपुर - चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारीको मृत्यु भएको हो।

आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कुखुराको सुलीलाई व्यवस्थापन गर्न ठूलो खाल्डो खनिएको थियो। कार्कीको शव निकालेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। रासस

प्रकाशित: १८ आश्विन २०७६ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App