दसैंमा 'सत्याकृत ब्याण्ड'को ‘एन्टी बली’ सार्वजनिक

शनिबार, १८ असोज २०७६, १६ : ४२ नागरिक

काठमाडौं — दसैंको मुखैमा 'सत्याकृत ब्याण्ड'ले बलीप्रथाविरुद्धको ‘एन्टी बली’ बोलको गीत सार्वजनिक गरेको छ। सबै प्राणी ईश्वरकै सन्तान भएकोले रगतको बलीले ईश्वर कहिल्यै खुसी नहुनेभन्दै यो प्रथा हटाउनुपर्ने सन्देश ‘एन्टी बली’ले दिएको छ। बली दिने प्रचलन कूप्रथा भएकोभन्दै यसलाई छोड्न सबैलाई ब्याण्डले गीतमार्फत आह्वान गरेको छ।

मानविय करुणा अनि प्रेमको सन्देश बोकेको श्री हजुरको शब्दलाई गायक सुरसाधले स्वर दिएका छन्। सत्याकृत ब्याण्डको लय तथा सङ्गित संयोजन रहेको उक्त गीतको मिक्सिङ र मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्।
गीतमा प्रस्तुत भावअनुसार ‘ईश्वरलाई खुशी बनाउने बाहानामा पशुपंक्षिहरुको निर्मम हत्या गर्ने कूप्रथा हो। बलीले ईश्वर कदापि खुसी हुँदैनन्। उल्टै उनीहरको आँशु लाग्छ।’ ब्याण्डले सत्य प्रकाशित गर्दै आफूभित्रको लोभ, मोह, काम, क्रोध र अहंकारहरुलाई ईश्वरलाई चढाएर आफू आनन्दित र शान्तिमय जीवन विताउन आव्वहान गरेको छ।

सत्याकृत संस्कृति अनि परम्पराबाट टाढिएर आयातित संस्कार अनि संस्कृतिमा रुमल्लिएकालाई आफ्नो वास्तविक संस्कृति अनि परम्परामा फर्कन आवहान गर्दै स्थापित भएको एकमात्र साङ्गितिक समूह हो।

सत्य अनि वास्तविक प्रेमले समाजमा सकारात्मक जागरण ल्याउन सक्छ भन्ने पूर्ण विश्वासका साथ गीत अनि सङ्गितमार्फत त्यही सत्य अनि त्यही प्रेम नेपाल लगायत विश्व समाजलाई बाँडिरहेको दावी सत्याकृत व्याण्का अध्यक्ष विजय गौतमको छ।

 नेपालका विभिन्न ठूला ठूला शहरहरु लगायत भारत, दुवई, अस्ट्रेलिया जस्ता देशहरुमा पनि आफ्नो साङ्गितिक प्रस्तुति दिइसकेको ब्याण्डले बाहिरी रङ्गरुपमा भुलिरहेको अहिलेको समाजलाई वास्तविक शान्तिमा सत्यमा स्वयंमा फर्कन सत्य अनि प्रेममय गीत सङ्गितले सेवा गर्दै आएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad