६ वैशाख २०८१ बिहीबार
समाज

दसैंमा घर फर्कनेको लर्को(फाेटाे फिचरसहित)

दशैका लागि बेलहिया नाकाबाट नेपाल फर्किदै नेपालीहरु। तस्बिरः मोहम्मद/नागरिक

भैरहवा - रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा गएका नेपालीहरू दसैँ तिहारका लागि घर फर्कन थालेका छन्। स्थलमार्ग हुदै नेपालमा भित्रिने मुलुककै ठुलो रुपन्देहीको बेलहिया नाकामा पनि नेपाल फर्किनेको सङख्या बढिरहेकोे छ। विगतका वर्षझैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली हर्षोउल्लासका साथ पर्व मनाउन मातृभूमि फर्किरहेका छन्।

सीमानाका बेलहियामा नेपाल फर्किदै लेखनाथ नगरपालिका पोखराका कुल थापा १६ वर्ष देखि भारतको दिल्लीमा होटलमा काम गर्दै आएको बताउँदै अरु बेला आउन नसकेपनि हरेक दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएको बताए। 'अलि अलि बाटोमा दुख भए पनि वर्षको ठूलो चाड हो। सबैसँग भेटघाट हुन्छ, दुखहरु सबै बिर्सिन्छ।'

गुल्मी शान्तिपुरका सोनु हमाल पनि रोजगारको क्रममा दिल्लीबाट घर फर्किन भनेर बुद्ध ट्राभलबाट बुटवल सम्मको टिकट काटे भारतीय गाडीको नेपाल जाने स्वीकृति नभएकोले बेलहियामा अलपत्र पारेर अर्को बसमा जानु पर्ने बनाएको गुनासो गरे। वर्षदिनपछि घर फर्किदा सामानहरु पनि धेरै छ हामीलाई बुटवल पु-याउने भनेर टिकट काटेपनि भन्सारमा ओरालेर दुख दिइएको बताए।

भारतमै काम गर्दै आएका कुबेर सिंह राना आफु बिना कुनै अवरोध बेलहिया आएको बताए। परिवारको साथमा दशै मनाउन नपाएको धेरै भइसकेको थियो, यसपालीको दशै घरपरिवारसँगै मनाउने हो भनेर घर जादै छु धेरै परिवर्तन भएको नेपालमा।

विगतका वर्षहरुमा नेपाल फर्किने क्रममा नेपालीहरु लुटिने, ठगिने लगायत सास्ती खेप्न बाध्य हुनेहरु यस वर्ष एकाध घटना मात्र त्यस्तो भए पनि सकुशल रुपमा नेपाली फर्किरहेका छन। बेलहिया प्रहरी प्रमुख प्रहरी निरिक्षक कमल बेलबासेले बताए।

भारतीय र नेपाल प्रहरी दुवैको सक्रियताका कारण पनि कम भएको छ। अहिले भारतीय र नेपाली प्रहरीको संयुक्त पहलमा नेपाल आउनेहरुका लागी बिशेष सुरक्षा योजनाका साथै सर्तकता अपनाइएको छ। बेलबासेले भने, 'सुरक्षाको हिसाबले हामी चुस्त छौ, अहिले बाइपासमा कडा चेकजाच गरेका छौ, भारतीय सवारीसाधानको प्रवेशको लगत राखी र चेकिङ पनि कडा गरेका छौ ,दशै तिहारलाई लक्षित गरी हेल्प डेस्क, पटाका लागु औषध तस्करी र अप्रराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सुरक्षा टोली खटाएका छौँ।' 

विगतका वर्षहरुमा लुटपाटका घटना धेरै भए पनि यस वर्ष हाल सम्म ३ जना मात्र लुटिएको जानकारी आएको छ। अरु समयको तुलनामा दशैलाई भनेर नेपाल आउने चाप अहिले ह्वाततै बढेको छ, सरदरमा दैनिक ३ हजार बढि नेपालीहरु बेलहियाबाट आइरहेको। इलाका प्रहरी कार्यालयलले जनाएको छ।

'सधै ३–४ वटा काठमाण्डौ दिल्ली चल्ने गाडी विहीबार मात्रै २१ वटा आएको छ। यसैले नै प्रष्टाएको छ कतिको चाप छ भनेर। हिजो अस्ति भन्दा यात्रु आउने क्रम बढ्दै गएको छ, यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ, यात्रु सहजताका लागि यातायात व्यवसायीहरुको टोली नि बसपार्कमा  समन्वय गरिरहेको छ, यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ' प्रहरी निरिक्षक बेलबासेले भने।

प्रकाशित: १८ आश्विन २०७६ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App