coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवाको प्रश्नः 'महरामाथि किन कारवाही नगरिएको?'

फाइल तस्बिर

काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महरा प्रकरणमा’ मा दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस पनि व्यक्त गरे।

महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ। दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ?

भनि सरकारलाई प्रश्न पनि गरे। त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ सभापति देउवाको भनाई थियो, त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी पनि गरे। कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे। उनले महंगीले अन्तरिक्ष’ छुन लाग्दा पनि दुई तिहाइको घमण्डमा रमाइरहेको वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम चाल्न नसकेको बताए। नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको पनि बताए।

प्रकाशित: १८ आश्विन २०७६ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App