८ वैशाख २०८१ शनिबार
खेल

दसैंमा खेलाडीलाई खेल सामाग्री

जुम्ला  — चन्दननाथ नगरपालिका वडा नम्बर ५ ले दसैंको अवसर पारेर फुटवल खेलाडीलाई  खेलकुद सामाग्री प्रदान गरेको छ। झण्डै दुइ लाख रुपैयाँ बराबरको सामान भैरवनाथ युवाक्लवमा आवद्ध खेलाडीलाइ प्रदान गरिएको हो। जर्सी २५, बल ५०, कोन ५०, अफिसियल ड्रेस २५, बिप्स ५०, सक्स २५, सीम प्याड २, पोष्ट जाली २, कोन र मार्कर ५० र ल्याडर दुई वटा सामाग्री हस्तानतरण गरिएको वडाध्यक्ष अर्जुनसिंह कठायतले जानकारी दिए। उनले भने,‘खेल क्षेत्र फस्टाउँदो अवस्थामा छ, खेलाडीलाई प्रोत्साहनका काम गरेको देखिदैन्। वडा सरकारको अनुभुति दिलाउन खेलाडीलाई खेल सामाग्री दिएका छौँ। यो एक वर्षको लागि ढुक्क हुनेछ। ’

फुटबल खेलाडीलाई जुत्ता बाहेक सबै खेल सामाग्री उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ। पहिले कपडाको बल बनाएर खेलमैदानमा फुटबल अभ्यास हुन्थ्यो, कहिले बलको अभाव, कहिले अन्य सामाग्रीको, भैरवनाथ युवाक्लवका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्,‘वडा कार्यालयले खेलाडीको हकहितका बिषयमा पटक पटक साथ दिदै आइराखेको छ। यो प्रसंशनीय कार्यको खेलाडी टिम स्वागत गर्छ। ’ वडा कार्यालयले युवा तथा खेलकुद शिर्षकमा पाँच लाख रुपैया बिनियोजन गरेको थियो। यो भन्दा बढी  चन्दननाथ नगरपालिकाले पछि बजेट व्यवस्था गर्न सकेको छैन्।

खेल सामाग्री बुझ्दै अध्यक्ष श्रेष्ठले भने,‘ वडा कार्यालयले अपेक्षा गरे बमोजिम यो जिल्लालाई राम्रो फुटबल खेलाडी दिने प्रण गरेका छौँ। यो कार्यले खेलाडी प्रतिको हौसला थपिएको छ।आगामी दिनमा पनि खेलक्षेत्रलाई प्रोत्साहित दिने काम गर्नु होला, खेल सामाग्री हिफाजत तरिकाले राख्छौँ,भरपुर सदुपयोग गर्नेछौँ। ’

यो क्लवमा जिल्ला भरका खेलाडी छन्। जुम्लामा जताततै सानातिना फुटबल खेल्न मिल्ने खेलमैदान छन्, फुटबल क्रेज बढ्दो छ। संभावना पनि निकै राम्रो छ। जेष्ठ नागरिक तिर्थराज भारतीले खेलाडीलाई अनुशासित, लगनशिल,मर्यादित र समाजसेवी बन्न दसैँमा आयोजित खेल सामाग्री प्रदान कार्यक्रमले प्रेरणा दिने अपेक्षा गरे। उनले भने,‘जूम्लाको फुटबल कपडाको बल खेलेर शुरुवात भएको हो। अहिले खेल सामाग्री पुगेका छन्। यो राम्रो पक्षको खेलाडी मेहनती,लगनशिल र इमान्दार बन्न जरुरी छ। यो दसैँमा जेष्ठ नागरिकको यो आर्शिवाद हो। ’

समाजसेवी यमराज कार्की खेलका माध्यमबाट कैयन राज्य चिनिएको बताउँदै, जुम्ला खेलपर्यटनको संभावना उजागार गर्न खेलाडी प्रति हेर्ने दृष्टिकोण खेलमैत्री हुनु पर्ने बताउँछन्। खेलाडीको लागि प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले ल्याउन जरुरी छ। यो वडाले एथ्लेटिक्स तेक्वान्दो लगायतका खेलाडीलाई हौसला प्रदान गर्दै आइराखेको छ।
खेल सामाग्री हस्तान्तरण गर्दै वडाअध्यक्ष अर्जुनसिंह कठायत लगायत: धनबहादुर बुढा /नागरिक

प्रकाशित: १८ आश्विन २०७६ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App