स्मृति

जदौ !

शनिबार, १८ असोज २०७६, ०९ : २९ विमल भौकाजी

हप्ताका अधिकांश बिहानीहरूमा रेडियो नेपालबाट एउटा कार्यक्रमको उद्घोषण हुन्थ्यो– ‘साहित्य संसार’। र, कार्यक्रमको शुरूवात् हुन्थ्यो एउटा गहन आवाजका साथ– ‘जदौ ! लौ अब ढोका खुल्यो...।’

बोल्ने व्यक्ति हुन्थे– दाहाल यज्ञनिधि। नेपाली समाजमा कथित ठूला जातिकालाई साना जातिले अभिवादन गर्दै बोलिने एउटा संस्कारको रूपमा अझै पनि लिइन्छ ‘जदौ’लाई। तर सार्वजनिक रूपमै, आफूलाई ठूलो वा सानो जातको नमानी राष्ट्रिय रेडियोबाटै ‘जदौ’को अभिवादन गरेर रेडियोका श्रोताहरूलाई साहित्य सुनाउनुहुन्थ्यो, यज्ञनिधि सर।

‘नानी, गणेशमान प्रतिष्ठानबाट चार दिनको राष्ट्रिय साहित्यिक संगोष्ठीको कार्यक्रम लिएर हामी बिर्तामोड जाँदै छौँ। नानी पनि जाने कि ?’ बडो प्रेम भरिएको आवाजका साथ उनै यज्ञनिधि सरको आवाज एक साँझ मेरो घरको टेलिफोनमा आयो।

म कसरी नाइँनास्ती गर्थे गर्न सक्थेँ र ! सहर्ष, उहाँको नेतृत्वमा भोलिपल्ट बिहानै एउटा ठूलो बस चढेको थिएँ म। यो वि.सं. २०५२ सालको कुरो थियो। अहिले याद आउँछ, बसमा यात्रारत केही अनुहारहरूको– ईश्वरवल्लभ, राजव, किशोर पहाडी, मञ्जुल, लालगोपाल सुवेदी, शारदा शर्मा, ज्ञानेन्द्र विवश, युवराज नयाँघरे, महेश रेग्मी, श्रवण मुकारुङ आदि।

‘ओहो ! यिनी त रेडियो होइनन् र ?’ बस रोक्नेमध्ये एक आधिकारिक व्यक्ति उहाँको नजिकै आए र उहाँलाई हेर्न लागे। त्यसपछि केही बोल्नैपरेन। बसलाई त्यहाँबाट गुड्ने स्वीकृति मिलिहाल्यो।

नाइट बस थियो त्यो। ‘रुट’मा चेकजाँचका लागि धेरैपटक बस रोकिन्थ्यो, फेरि तुरुन्तै चलिहाल्थ्यो। तर एक ठाउँमा बस निकैबेर रोकियो। बस रोक्ने आधिकारिक व्यक्तिसँग बसको अभिभारा लिएका सम्बन्धित व्यक्तिको लामो बहस चलेको हामीले सुनिरह्यौँ। के कुरो मिलेन कुन्नि ! अन्ततः यज्ञनिधि सर बसबाट बाहिर निक्लनुभयो।
‘के भयो नानी ?’ उहाँ त्यो बहसप्रति मुखरित हुनुभयो।
‘ओहो ! यिनी त रेडियो होइनन् र ?’ बस रोक्नेमध्ये एक उहाँको नजिकै आए र उहाँलाई हेर्न लागे।
उनैले थपे, ‘तपाईंको समूह पो यो ?’
त्यसपछि त केही बोल्नैपरेन। बसलाई त्यहाँबाट गुड्ने स्वीकृति मिलिहाल्यो। यतिसम्मको लोकप्रियता हासिल थियो यज्ञनिधि सरमा।

तीसको दशकको झण्डै शुरुवातदेखि मध्यसम्म मैले उहाँबाटै नेपाली भाषाको ज्ञान आर्जन गरेँ, राजधानीस्थित रानीपोखरी सामुन्नेको दरबार हाइस्कुलमा। मलाई यकिन मिति थाहा छैन, त्यो स्कुलमा यज्ञनिधि सरले कहिलेदेखि अध्यापन गर्नुहुन्थ्यो ? म स्कुल भर्ना भएदेखि सम्भवतः उहाँले त्यहाँ लिने नेपाली विषयको क्लास मैले कहिल्यै ‘मिस’ गरिनँ।

बडो मीठो आवाजका धनी ! मन्त्रमुग्ध हुन्थेँ म उहाँको आवाज सुनेर। कक्षाको विद्यार्थीको नाताले भन्दा पनि बढी व्यक्तिगत रूपले नै म उहाँको नजिक थिएँ। स्कुले जीवन सकिसकेपश्चात्को समयमा पनि कतै बाटोमा जम्काभेट भइहाल्यो भने सधैँ ट्याप्प समातेर सोधिहाल्नुहुन्थ्यो– ‘निको छ नानी ?’

डाइबिटिज पछिको मृगौलाको समस्या देखिएपछि पनि उहाँसँग धेरैपटक भेट भयो। तर कहिल्यै उहाँको आवाजमा शिथिलता सुनिएन। कहिल्यै अनुहारमा त्यस्तो लक्षण देखिएन। भेटपछि जब उहाँले कुरा शुरू गर्नुहुन्थ्यो, नन्स्टप ! अहँ, पटक्कै थाक्नुहुन्नथ्यो उहाँ। साहित्यिक व्यक्तित्व भए पनि मूलतः देशको राजनीति उहाँको चाख वा भनौँ चासोको विषय थियो। कुराहरू जहिले पनि विद्रोही प्रकारका हुन्थे। साहित्य संसारको एक दिनको कार्यक्रममा तत्कालीन सञ्चारमन्त्रीलाई साङ्केतिक भाषामा ‘च्यालेन्ज’को भाका बोल्नुभएको थियो, ‘तिमीले र मैले एउटै खोलाको पानी खाएका हौँ...।’
बोल्दा निडरता उहाँका बोलीको सबैभन्दा सुन्दर पक्ष थियो।

अर्कोतर्फ, अत्यन्तै भावुक–व्यक्तित्व पनि थियो उहाँको। कुनै एक दिन, नितान्त घरायसी पीडाको कुरो सुनाउनुभयो उहाँले, ‘मेरी अविवाहित बहिनीले आत्महत्या गरिन्।’ र, दुई महापुरुषको नामै किटेर तीप्रति आरोप लगाउँदै भन्नुभयो, ‘मेरी बहिनीलाई आत्महत्या गर्न विवश बनाउने ती नरपिशाचहरूले जिन्दगीभर शान्ति पाउने छैनन्।’

त्यतिखेर मैले अनुभूत गरेँ, उहाँको वाक्यमा ठूलो आक्रोश थियो। तर आफ्नी प्रिय बहिनीको निधनको पीडाले उहाँलाई द्रवित बनाइरहेको थियो।

जोकोही व्यक्तिको धारणालाई उहाँ असाध्य महत्व दिनुहुन्थ्यो। चित्त नबुझेसम्म तर्क गर्नुहुन्थ्यो। ‘कन्भिन्स’ गर्ने उहाँसँग अद्भुत क्षमता थियो। समय ठ्याक्कै बिर्सिएँ यतिखेर, रेडियो नेपालको साहित्य संसार उहाँले छाडिसकेको बेला थियो। चावहिल चुच्चेपाटीतिर हो क्यार, एउटा एफएम स्टेशन थियो। त्यहाँ उहाँले साहित्यिक कार्यक्रम चलाउनुहुँदो रहेछ। उहाँले एक दिन मलाई भन्नुभयो, ‘एक हप्ताका लागि एकैचोटि कार्यक्रम रेकर्ड गर्छु। एउटा कार्यक्रम तपाईंमाथि बनाउँछु। भोलि बिहान समय मिलाउनुभयो भने तपाईंलाई म गाडीमा राखेर एफएम लैजान्छु।’ निश्चित समयमा म उहाँका साथ लागेर एफएम पुगेँ।

समय वा अन्य कतिपय कारणले स्रष्टाले आफ्ना कुराहरूलाई स्पष्ट पार्ने अवसर प्रायः पाउँदैनन्। तर, त्यस दिन बडो सन्तोषजनक कार्यक्रम बनेको थियो। कार्यक्रमको केन्द्र थियो– त्यही समयमै एउटा दैनिक अखबारमा प्रकाशित ‘कठघरामा कवि’ शीर्षकको मेरो आर्टिकल। विभिन्न पक्षबाट मलाई अनेकन् क्रस प्रश्नहरू सोधेर उहाँले मलाई ¥याख¥याख्ती पार्नुभएको सम्झना छ। र, मैले सक्दो सम्हालिएर उहाँलाई जवाफ फर्काउने प्रयत्न गरेको थिएँ। कार्यक्रमको रेकर्डिङपश्चात् उहाँले मलाई धाप मार्दै खुब खुसी हुनुभएको क्षण सम्झँदा मन अहिले पनि रोमाञ्चित हुन्छ।

त्यो समयभन्दा  अघि, २०४७ जेठ १० गते गणेशमान सिंहको हातबाट मेरो संयुक्त किताब ‘जिन्दावाद मुर्दावाद’को विमोचन हुने कार्यक्रम थियो। मैले यज्ञनिधि सरलाई सो कार्यक्रमको उद्घोषकको भूमिका निर्वाह गरिदिन आग्रह गरेँ, उहाँले सहजै मेरो आग्रह स्विकारेर बडो सालिन पारामा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। त्यहाँ, पहिलोपटक उहाँको उद्घोषण सुन्ने श्रोताहरू पनि उहाँप्रति नतमस्तक भएका थिए। त्यसपछि पनि २०४९ सालमा किसुनजी (कृष्णप्रसाद भट्टराई) ले विमोचन गर्नुभएको मेरो अर्को संयुक्त पुस्तक ‘यात्रापछि यात्रा’को कार्यक्रमममा उहाँले नै उद्घोष गरिदिएर मप्रतिको स्नेहलाई अझ प्रगाढ पारिदिनुभएको थियो।

पछि २०६३ माघ वसन्त पञ्चमीको दिन मैले सम्पादन गर्न लागेको ऐतिहासिक ‘शारदा’ मासिकको पुनर्प्रकाशनको विमोचन समारोहमा समेत उहाँ उद्घोषक हुनुभएको थियो। 

सबैभन्दा पछिल्लो समय, उहाँले दीक्षित बनाउनुभएकी चेली नीलम कार्की निहारिका अमेरिका जाने दिन कपनस्थित उनको घरमा उहाँलाई भेटेँ र केही स्न्याप फोटो पनि लिएँ। त्यसबेला मैले खिचेको उहाँको फोटो नै उहाँबाट प्राप्त अन्तिम सम्झना बन्यो मेरा लागि।

म छातीमा हात राखेर भन्छु– मेरो जीवनमा यज्ञनिधि सरको उपस्थितिले ठूलो अर्थ राखेको छ। गुरुको रूपमा पाउनुपर्ने शिक्षा र ज्ञानभन्दा कहाँ हो कहाँ धेरै प्रेम प्राप्त गरेको छु उहाँबाट मैले। कुनै पनि गणितले यसको मापन गर्न सक्दै सक्दैन। आज ‘म यज्ञनिथि दाहालको शिष्य हुँ’ भन्न पाउँदा मात्रै पनि छाती गर्वले जुरुक्क उचालिन्छ। उहाँजस्तो मायालु मान्छेको स्वभाव र चरित्रतालाई चिनेर उहाँको निकटता पाउन सक्नु साँच्चिकै अहोभाग्यको कुरो हो भन्ने लाग्छ मलाई।

उहाँको आवाजको प्रसङ्गलाई पर सारेर एकछिन उहाँको भावना र उहाँबाट व्यक्त धारणाको कुरा गर्ने हो भने आजको समाजमा त्यो वास्तवमै विद्रोहात्मक लाग्छ। म आँखा चिम्लेरै भन्न सक्छु– चलिआएकै शब्द भए पनि उहाँद्वारा प्रतिपादित रेडियोमार्फतको ‘जदौ’ साँच्चिकै अग्रगामी अभियान थियो। वर्तमान नेपाली समाजमा यो अभियानको सान्दर्भिकता अझै बढेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad