काठमाडौ – जर्मनका उपआर्थिक सहायता एवं विकासमन्त्री नोर्बेट बर्थले तीनदिने नेपाल भ्रमणमा आएका छन्। उनी बिहीबार नेपाल आइपुगेका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ अधिकारीहरूसँग भेट गरेका छन्।
उनी नेपालमा आयोजित जर्मनको राष्ट्रिय दिवसमा पनि अतिथिका रूपमा सहभागिता जनाएका थिए। उनले धादिङको धुनिबेंसीमा स्थापना भएको जर्मन टेक्निकल स्कुल (जीटीएस) को उद्घाटन समारोहमा पनि सहभागिता जनाएका थिए।
उनी पाटन र भक्तपुरमा पनि भ्रमण गर्न कार्यक्रम रहेको छ। उनको भ्रमणले नेपाल र जर्मनबीचको साझेदारीले निरन्तरता पाउने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ आश्विन २०७६ ०२:१० शनिबार