४ वैशाख २०८१ मंगलबार
समाज

ओपन सेसन सिजन २ ल्याउँदै टुबोर्ग

काठमाडौं – टुबोर्ग र च्यानल आरबिट्ररीले फेरि टुबोर्ग ओपन सेसनको सिजन २ ल्याउँदै छन्। यो एक युट्युब सिरिज हो। यसमा विभिन्न कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुति रहनेछ।

टुबोर्ग ओपन सेसन सिजन २ संगीत र गायकहरुको चयनको आधारमा पहिलेभन्दा विशाल र उत्तम हुनेछ। प्रख्यात निर्माता रोहित शाक्य र मनोजकुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै अक्टोबरदेखि रिलिज हुने सबै २६ वटा गीतमा सँगै सहकार्य गर्ने छन्। तीमध्ये २० वटा गीतमा प्रचलित कलाकारले, ५ वटामा टुबोर्ग ड्रिम बिग प्रोजेक्टका विजेताले र एक मुख्य गीतमा विभिन्न कलाकारले सांगीतिक सहकार्य गर्ने छन्।

ओपन सेसन सिजन २ ले नेपाली संगीतकारसँग गौरवपूर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ। नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य छ।

स्वप्न सुमन, रोहित जोन क्षेत्री, उदय सोताङ र दि एलिमेन्टस् ब्यान्डले सिजन १ को सफलतालाई थप निरन्तरता दिने छन् भने अरु १५ कलाकारले सेसन सिजन २ मा मञ्चमा प्रस्तुति दिनेछन्।

सेसन सिजन १ को सफलता
टुबोर्ग ओपन सेसन सिजन १ ले नेपाली दर्शकलाई कलाकारको विविध समूहको प्रस्तुति साथ ध्यानाकर्षण गर्न सफल रह्यो। सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताका साथै ३६ जना लोकप्रिय कलाकारले ५१ वटा गीतहरु निर्माण गर्न सहकार्य गरेका थिए।

जुन युट्युबमा च्यानल आरबिट्ररीमार्पmत अपलोड गरिएको थियो। जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ। ड्रिम बिग प्रोजेक्टको गत वर्षको विजेताहरु आरिफ रौफ, सुनिता कार्की, मोनिस निरौला र शौरभ कार्की, राजेश नेपाली र सलोनि डंगोल थिए। सिजन १ मा पनि विभिन्न कलाकारले प्रस्तुति दिएका थिए।

प्रकाशित: १८ आश्विन २०७६ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App