७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिभुवन विमानस्थलमा लगेज जाँच्दा चराहरू भेटिएपछि...

फाइल तस्बिर ।

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुकाे लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।

राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमद र भारत घर भई काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने ३० वर्षीय महमद सुलेमानलाई सुटकेशमा लुकाई छिपाई लैजान लागेको अवस्थामा हुचिल जस्तो देखिने ६ वटा चरा सहित प्रहरीले पक्राउ गरेको हो ।

ति चराहरू दुर्लभ र बहुमूल्य पर्ने भएका कारण तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: ११ मंसिर २०७३ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App