७ वैशाख २०८१ शुक्रबार
समाज

१२ लाख बराबरको पटाकासहित ३ जना पक्राउ

बारा– बारा प्रहरीले अवैध रुपमा पिकअप भ्यानमा नेपाल भित्र्याइएको पटाकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत ठूलो परिमाणमा पटाकासहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो। 

८ वटा ठूलो बोरामा राखी ना ४ च ६९५९ नम्बरको बोलेरो जिपमा लोड गरी लुकाईछिपाई नेपाल भित्र्याउँदै गरेको अवस्थामा छोटकी फुुलवरियास्थित सडकबाट उनीहरुलाई गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँचको क्रममा कलैया उपमहानगरपालिका १३ छोटकी फुलवरियाबाट बिहीबार राती ठूलो परिमाणमा पटाकासहित ३ जनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १८ बडहर्वाका सुकमान लामा, कलैया उपमहानगरपालिका १ बिरेन्द्र यादव र १८ वर्षिय रुपेश दास छन्। बरामद गरिएको पटाकाको बजार मूल्य १२ लाख रुपैयाँ रहेको छ।

पटाकासहित पक्राउ परेकाहरु उपर मुलुकी अपराधसंहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७६ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App