coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री खनाललाई भेटेर अमेरिकी राजदूतले 'इन्डो–प्यासिफिक रणनीति' बारे के भने ?

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको 'इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन्।

नेपालमा चीनले अघि सारेको 'बिआरआई’ अवधारणामाथि व्यापक छलफल भईरहेका बेला अमेरिकी राजदूत बेरीले सत्तारुढ नेकपाका बरिष्ठ नेता झलनाथ खनालसँग भेटगरी आफ्नो मुलुकले अघि सारेको 'इण्डो–प्यासिफिक स्ट्राटिजी’ को उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाए। शुक्रबार बिहान काठमाडौंको डल्लुस्थित खनाल निवासमै पुगेर उनले पूर्व प्रधानमन्त्री समेत रहेका भएका खनालसँगको भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहोर्‍याए।

राजदूत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको 'इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताउनु भएको वरिष्ठ नेता खनालले जानकारी दिए। त्यस अवसरमा राजदूत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पारे।

यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिएका थिए। राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताए। नेपालमा चिनियाँ गतिविधि बढदै गईरहँदा अमेरिकी राजदूत बेरीले तीव्रता दिएका छन्।

प्रकाशित: १७ आश्विन २०७६ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App