७ वैशाख २०८१ शुक्रबार
समाज

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

तस्विरः मोहम्मद हबिब/नागरिक

भैरहवा - संस्कृति लोप हुदै गइरहेको बेला नेपालीहरुको महान् चाड बडादसैंै र तिहारको अवसर परेर स्थानीयको सहयोगमा लिङ्गे पिङ यस पनि वर्ष लगाइएको छ।

पछिल्लो पुस्ताहरु पिङभन्दा पनि दसैंैमा घुमघाम गर्ने, इन्टरनेट समाजिक संजालमा समय दिने भएकोले पिङको महत्व बिस्तारै लोप हुँदै गइरहेका छ। लोप हुन लागेको लिङ्गे पिङलाई शहरका बालबालिका तथा नयाँ यूवापिडीले हेरुन भन्ने उद्दैश्यले पिङ लगाइएको दुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

धर्मिक मान्यताअनुसार दसैंमा एक पटक भएपनि धर्ती छोड्नुपर्ने अर्थात् पिङ खेल्नुपर्ने भएकाले यसको महत्व छ तर समय अभाव र फुर्सद नभएकोले पिङ स्थापना गरी पिङप्रतिको आकर्षण घटेको साहित्यकार विजय सागर श्रेष्ठ बताउछन्।

अहिले पाहिला जस्तो दशैं नभएकोले हाम्रो लोक संस्कृति लोप हुँदै गइरहेको छ, संस्कृतिको संरक्षणमा विभिन्न सरोकारवाला निकाय भए पनि यस तर्फ ध्यान दिन सकेका छैनन।

 

प्रकाशित: १७ आश्विन २०७६ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App