coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेगनले हालिन मुद्दा

लन्डन, (एजेन्सी) – पूर्वअभिनेत्री मेगन मार्कलले बेलायतको एक पत्रिकाविरुद्ध आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै मुद्दा हालेकी छिन्। उनका पति बेलायतका राजकुमार ह्यारीले मेल अन सन्डे पत्रिकाविरुद्ध कानुनी प्रक्रिया थालेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका थिए।

पूर्वअभिनेत्री मेगनले आफ्ना पितालाई लेखेको पत्रको अंश सो पत्रिकाले प्रकाशन गरेर गतल प्रचारबाजीका कारण आफूहरूले कानुनी उपचार खोज्न बाध्य भएको उनले उल्लेख गरेका छन्। ‘मैले मेरी आमा गुमाएको छु र अहिले मेरी पत्नी शक्तिशाली फौजको सिकार हुँदैछिन्,’ राजकुमार ह्यारीले विज्ञप्तिमा उल्लेख गरिएका छन्। मेल अन सन्डे पत्रिकाले भने प्रकाशित गरेको सो समाचारको प्रतिरक्षा गरेको छ।

पूर्वअभिनेत्री मेगनले अदालतमा व्यक्तिगत सूचना, प्रतिलिपि अधिकारको शोषण गरेका भन्दै मुद्दा दायर गरेकी थिइन्। ह्यारी र मेगनले कानुनी प्रक्रियाका लागि लाग्ने खर्च निजी रूपमा बेहोरिरहेका छन्। ‘परिणामको वेवास्ता गरेर सर्वसाधारणविरुद्ध अभियान चलाउने बेलायतको सो पत्रिकाको पछिल्लो सिकार मेरी पत्नी भएकी छिन्।

यसअघि मेगन गर्भवती हुँदादेखि नवजात शिशु हुर्काउँदाको अवस्थामा उनको गलत समाचार लेखेर खेदो खनिएको थियो। मेगनले भोगेको पीडाको म लामो समयदेखि साक्षी रहेको हुँदा मौन बस्नु नहुनेजस्तो लाग्यो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वसाधारण मान्छेलाई तर्साएर चुप लगाउने यो प्रवृत्तिलाई बुलिइङ भनिन्छ।’

बेलायती सञ्चार माध्यमले पूर्वअभिनेत्री मेगन र राजकुमार ह्यारीको यो कदमलाई मिडियामाथिको कडा आक्रमण भनेका छन्। बेलायतको राजपरिवारले सञ्चार माध्यमविरुद्ध मुद्दा दायर गरेको यो पहिलो घटना भने होइन्। यसअघि सन् २०१७ मा फ्रान्सेली पत्रिकाविरुद्धको राजकुमार विलिअम र उनका पत्नीले मुद्दा हाल्दा एक युरो क्षतिपूर्ति पाएका थिए।

प्रकाशित: १७ आश्विन २०७६ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App