६ वैशाख २०८१ बिहीबार
राजनीति

समृद्ध नेपाल निर्माण गर्ने अभियानमा संयोजक भट्टराई

उर्लाबारी (मोरङ)-नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।

मोरङको हसन्दहमा शनिबार नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले भने – “नेपाली काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अव नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ । नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ ।”

मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकोले सोही अनुसार अगाडि बढ्नसमेत संयोजक डा भट्टराईले उपस्थित कार्यकर्तालाई निर्देशन दिए । रासस

प्रकाशित: ११ मंसिर २०७३ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App