coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानद्वारा नेपाल ९ विकेटले पराजित

काठमाडौं–एसिया कप टि–ट्वान्टीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग  ९ विकेटले पराजित भएको छ । थाइल्याण्डको बैङकमा शनिबार सम्पन्न खेलमा ब्याटिङमा चल्न नसक्दा नेपाल  पाकिस्तानसँग पराजित हुन पुगेको हो।

नेपालले दिएको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो। पाकिस्तानकी अयिशा जफरले २६ रन तथा जबेरिया खानले अविजित १६ रनको योगदान दिइका थिए।  जफर रन आउट हुन पुगेकी थिइन्।

यस अघि नेपालले पहिला टस जितेर व्याटिङ रोजेको थियो।  नेपालले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। नेपालकालागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ११ रन तथा इन्दु वर्मा र ज्योति पाण्डेले समान ८–८ रनको योगदान दिनुबोहक अन्य ब्याट्म्यानले उल्लेख्य प्रर्दशन गर्न नसक्दा सस्तोमै समेटिएको हो।
 

प्रकाशित: ११ मंसिर २०७३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App