coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले जिम्मेवार नभए प्राप्त उपलब्धि गुम्ने खतरा छः उर्जा मन्त्री

नेपालगन्ज–नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं उर्जा मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि संविधान शांसोधन आवश्यक रहेको बताएका छन् ।

‘जनताको माग अनुसार सिमांकन हेरफेर गर्न लागिएको हो, यसका लागि संविधान संशोधन गर्नुको विकल्प छैन,’ प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा शर्माले भने ‘दलहरुबीच सहमती भएपछि सरकारले शंसोधन प्रस्ताव दर्ता गराउँछ।’

एमालेले संविधान संशोधनप्रति असहमती जनाइरहेको प्रसङ्गमा नेता शर्माले भने, ‘एमालेले जुन कोणबाट यसको विश्लेषण गरेको छ, त्यो मधेस तराईका जनताप्रतिको अविश्वास हो ।’

संविधान कार्यान्वयन गर्ने समयमा सडक आन्दोलनको आवश्यकता नरहेको उनले प्रष्ट पारे । ‘यो सडक आन्दोलन गर्ने समय नै होईन, संविधान कार्यान्वयन गर्ने कुरामा जिम्मेवार पार्टीले नै सोच्ने कुरा हो,’ शर्माले भने ‘हामी यसैमा अल्झियौं भने जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनबाट प्राप्त सबै उपलब्धि गुम्न सक्छन् ।’

एमाले जिम्मेवार दल भएकाले सहमतीबाट बाहिर जानै नसक्ने उनको विश्वास छ । ‘संविधान संशोधनको विषयलाई छलफलकाबीचमा संसदमा लैजाने र छलफलबाटै सहमती खोज्ने हो, एमाले सहमतीमा आउने हाम्रो विश्वास छ,’ उनले भने ।

संविधान संशोधन लगत्तै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने उनले बताए ।

पश्चिम क्षेत्रका बिद्युत आयोजनालाई चाडै अगाडी बढाउने विषयमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिदै उर्जामन्त्री शर्माले मुलुकलाई एक वर्षभित्र लोडसेडिङमुक्त बनाउने योजनाका साथ अगाडी बढेको बताए ।

‘पश्चिम सेतीको काम अड्किराखेको छ, तिला कर्णाली निर्माण गर्ने चरणमा पुगेको छ, यस्तै नलसिंगाड, उत्तरगंगा, शारदा, नौमुरे जस्ता योजनालाई छिटो अगाडि बढाउन मैले आवश्यक पहल गरिरहेको छु,’ उनले भने ।

प्रकाशित: ११ मंसिर २०७३ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App