coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

क्युवा–क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। क्युवको सरकारी टेलिभिजनले क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्युवामा कम्युनिष्ट क्रान्तिका पिता मानिने फिडेल क्यास्ट्रोको मृत्यु स्थानीय समय अनुसार शुक्रबार राति साँढे दश बजे भएको हो।

उनको अन्तिम संस्कार शनिबार गरिने बीबीसीले  जनाएको छ।

२००८ मा एक गम्भीर विरामीका कारण उनले पदत्याग गरी आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए। १९५९ मा क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए। त्यसपछि उनलाई करिब चार दशकसम्म अमेरिका विरोधीका रुपमा चित्रण गरियो।

 

प्रकाशित: ११ मंसिर २०७३ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App