coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

बुसान, दक्षिण कोरिया- दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन्। उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्। 

राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ। देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनी समेत दिइएको थियो।

आँधीका कारण मृत्यु हुनेमा एक जना ७० बर्षिया महिला रहेको अधिकारीहरुले जनाएका छन्। देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उहाँलाई शक्तिशाली हावाले उडाएको थियो। अत्यधिक बर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ। उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ। 
  
अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ।प्रभावित क्षेत्रमा ६ सय भन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरुले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन् । उनीहरुले कम्तीमा चार जना भग्नाबशेषमा पुरिएको अनुमान् गरेका छन् । एएफपी

प्रकाशित: १६ आश्विन २०७६ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App