coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनाइयो भुजुङ पर्यटन महोत्सव

काठमाडौं–पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा पर्यटन महोत्सव मनाइएको छ। असोज १३ गते सुरु भएको महोत्सव १५ गते समापन गरिएको महोत्सवका संयोजक तुलबहादुर गुरुङले जानकारी दिए।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको महोत्सवमा लोकसंस्कृति, लोकल परिकार र पर्यटकीय सम्पदाको प्रदर्शन र प्रस्तुति गरिएको थियो। कार्यक्रममा स्थानीय  लालीगुराँस युवा क्लब र राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रमबाट पर्यटक र गाउँले उत्साहित बनेका थिए।

क्होंलासोथर गाउँपालिका वडा नं ४ मा रहेको भुजुङ सुन्दर गुरुङ बस्ती हो । गाउँमा होमस्टे र होटल गरि २२ वटा छन् । लमजुङको सदरमुकाम बेशिसहरबाट भुजुङ ३२ किमिसम्म जिप चल्छन्।

प्रकाशित: १६ आश्विन २०७६ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App