८ वैशाख २०८१ शनिबार
समाज

नगर बसमा ‘महिला’ कन्डक्टर

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ। सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ। काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन्।   

मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ। प्रमुख डा. धवलशमसेर राणा भन्छन्, 'हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन्। महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ।'    

उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ। यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ। त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ। तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो  प्रमुख राणाले भने, 'अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो। उनीहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो।'

नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए।    

सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिट लगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताए। सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले तीन करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ। रासस

प्रकाशित: १६ आश्विन २०७६ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App