सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा

बिहिबार, १६ असोज २०७६, १२ : ०६ नागरिक

मिक्लाजुङ– सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ। कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए।

उनका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर एक लाख ३२ हजार कफीको बिरुवा तयार पारिएको छ। तयार पारिएको उक्त कफीको बिरुवा १४ महीना पछि मात्रै रोप्नयोग्य हुने भएको हुँदा आगामी २०७७ जेठतिर कृषकलाई समूहमार्फत् वितरण गरिने भएको छ।

उक्त कम्पनीले कृषकले उत्पादन गरेको कफी बोटबाटै काँचैमा प्रतिकिलो एक सय रुपैयाँका दरले खरीद गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष थापाले बताए।

‘सुक्खा क्षेत्र रहेको पालिकामा उब्जाउ कमै हुने र बाली पनि समयमा पानी नपर्दा खडेरीले सखाप पार्ने हुँदा कृषकलाई वर्षभरि खान पुग्ने अवस्था छैन’ उनले भने, ‘यस क्षेत्रका स्थानीय बसाई सर्न थालेका छन्, त्यसैले व्यावसायिक कफीखेती गरेर आत्मनिर्भर बन्न सकून् भनेर कफीको बिरुवा वितरण गर्न लागेका छौ।’

उनले यस क्षेत्रका स्थानीयले कफी खेती गर्ने गरेकोमा उत्पादन भएको कफी नबिक्ने गरेको उल्लेख गरे ‘उत्पादित कफी कम्पनीले बिक्री गर्ने भएकोले बजारको समस्या हुँदैन’ अध्यक्ष थापाले भने।

यस्तै एक वर्ष अघि कृषकलाई किबी र मुस्ताङे स्याउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले बताए। गाउँपालिकाको ४ र ५ नम्बर वडामा रोपिएको स्याउ र किबीमध्ये किबी भने यसैपल्टबाट फल दिन थालेको उनले बताए।  रासस 

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad