७ वैशाख २०८१ शुक्रबार
खेल

बार्सिलोनाको जितमा स्वारेज नायक

काठमाडौं– युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानविरुद्ध २–१ गोल अन्तरले जित दर्ता गराएको छ।

बार्सिलोनाको जित उरुग्वेन स्ट्रागर लुइज स्वारेज नायक बने। उनले बार्सिलोनाका लागि दुबै गोल गरेका हुन्।

घरेलु मैदानमा क्याम्प नाउमा भएको खेलमा सुरुवाती अग्रता भने इन्टर मिलानले लिएको थियो। खेलको दोस्रो मिनेटमा अर्जेन्टाइन स्ट्राइगर लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा  बार्सिलोना एक शुन्यले पछि रहेको थियो।

दोस्रा भने खेल बार्सिलोनाको पक्षमा आएको थियो। ५८ औं र ८४ औं मिनेटमा स्वारेजले गोल गरेपछि  बार्सिलोना २–१ गोल अन्तरले विजयी भएको हो।

जितपछि बार्सिलोना २ खेलमा ४ अंक सहित ‘एफ’ को दोस्रो स्थान रहेको छ। समान अंक भएपनि गोल अन्तरका आधारमा बोरुसिया डर्टमण्ड तालिकाको पहिलो स्थानमा छ।

गत राति नै सम्पन्न भएको खेलमा बोरुसिया डर्टमण्डले स्लाभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो। समान १ अंक सहित इन्टर तेस्रो र स्लाभिया चौथो स्थानमा रहेको छ। 

अर्को खेलमा इंलिस क्लब लिभरपुलले साल्जवर्ग विरुद्ध ४–३ गोल अन्तरको संर्घषपूर्ण जीत दर्ता गराएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमा ३ गोलको अन्तर बनाएको थियो तर दोस्रो हाफ पछिको १५ मिनेटमा साल्जवर्गले तीन गोल गर्दै लिभरपूल विरुद्ध बराबरी गरेको थियो।

खेलमा लिभरपूलका मोहमद सलाहले दुई गोल गरे। यस्तै साडियो माने र एन्ड्रयु एण्डरसनले एक एक गोल गरे। साल्जवर्गका हि चान ह्वाङ, ताकुमी मिनामिनो र ब्रुट हालान्डले एक एक गोल गरे।

खेलको ६९ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेका थिए। जुन गोल नै लिभरपूलका लागि निर्णयक गोल बन्न पूग्यो। र, ४–३ गोल अन्तरले लिभरपूल विजयी भयो।

समूह ‘ई’ मा लिभरपुलले खेलबाट ३ अंक जोड्दै २ लिभरपूल तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने चार अंक सहित नापोली रहेको छ। साल्जवर्ग तेस्रो स्थान र जेन्क १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App