८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन गर्दा राष्ट्रघात हुँदैनः सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन गर्दा राष्ट्रघात हुन्छ भन्ने नसोच्न आग्रह गरेका छन्। शनिबार बुद्धनगरमा थर्ड आई युवा क्लबले आयोजना गरेको सरसफाइ  कार्यक्रममा बोल्दै नेता सिंहले संविधान संशोधन गर्ने दायित्व संविधान जारी गर्ने सबै दलको भएको उल्लेख गर्दै अहमता र तिक्तताबाट समस्याको समाधान नहुने बताएका हुन्।

उनले संविधान कार्यान्वयन गर्न पनि संविधान संशोधन आवश्यक रहेको तर्क गर्दै भने,‘हामीले १४ महिनाको अवधिमा तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने छ, त्यसकालागि संविधान संशोधन गरी संविधान कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो।’ उनले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न पनि कांग्रेसले नै अग्रसरता दिनुपर्ने उल्लेख गरे।

उनले प्रमुख प्रतिपक्ष एमालेलाईसमेत संविधान संशोधनमा सहयोग गर्न आग्रह गरे।  उनले सरकारले पनि अब प्रक्रिया नलम्ब्याई संविधान संशोधन प्रस्ताव दर्ता गराउन सुझाव दिए ।

प्रकाशित: ११ मंसिर २०७३ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App