८ वैशाख २०८१ शनिबार
कला

जस्टिनले गरे पुनर्विवाह

न्युयोर्क  – गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेका थिए। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पत्नी मोडल बाल्डविनसँगको पुनर्विवाहको फोटो राखेका थिए। यसअघि उनीहरुले सन् २०१८ मा गोप्य विवाह गरेका थिए। केही समयअघि उनले इन्स्टाग्राममा विवाहपछि आफूले विश्वास र धैर्य गर्न सिकेको उल्लेख गरेका थिए। विवाह समारोहमा मोडेल केन्डल जेनर, क्यामिला मोरोन र जोन स्मिल्स, क्याइली जेनर जाडेन स्मिथ, जस्टिन स्काई र स्कुटर ब्राउनसहित १५४ जना पाहुना उपस्थित भएका थिए।

२५ वर्षीय उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका छन्। सन् २०१७ मा आयोजित उनको ‘परपस’ नामक सांगीतिक वल्र्ड टुरको दौरान उनी ४० देशमा एक सय ५० बढी प्रस्तुति दिएका थिए। यसमध्ये १४ वटा सो रद्द भएको थियो।

गत वर्ष गायक बिबरले डिप्रेसनको उपचार गराएका थिए। उनले एक अन्तर्वार्तामा मानसिक स्वास्थ्यको विषयमा खुलेर कुराकानी गरेका थिए। उनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा पनि कुरा गरेका थिए।

प्रकाशित: १६ आश्विन २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App