coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुखका कारण शिर निहुर्याउनु परेको छः नेता पाण्डे

गोरखा– राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णबहादुर महराका कारण नेपालले विश्वसँग शिर निहुर्याउनु परेको बताएका छन्।

‘सभामुख सबैका हुन् तर कुन पार्टीका नेताले जितेका थिए भन्ने ख्याल सबैले गरेका छन, अन्तर्राष्ट्रिय जगतमा समेत कम्युनिस्ट पार्टीको नेताका कारण हाम्रो शिर निहुरिएको छ’, सभामुख महरा बलात्कार आरोपमा परेको घटना सँग जोड्दै नेता पाण्डेले भने। नेपाली कांग्रेस जिल्ला कार्य समिति र गोरखा नगर समितिले बिहिवार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले बलात्कारी पत्ता लगाउ भन्ने आवाज सुनिरहेका सभामुख नै बलात्कारको घटनामा जोडिनु दुःखद भएको बताए। 

यस्ता घटनालाई सुधार गर्नुपर्ने बताउँदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पाण्डेले सरकारको आलोचना गर्दै भने ‘राजनीतिक कार्यक्रम गर्न नदिने, प्रेस स्वतन्त्रतामा हस्तक्षप गर्ने काम सरकारबाट भइरहेको छ।’ भाला खुकरी देखाएर राजनीतिक कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्ने, हात भाँच्ने, बाटो छेक्ने गरेको प्रति आपत्ति जनाउँदै नेता पाण्डेले राजनीतिक दलले स्वतन्त्र पूर्वक कार्यक्रम गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न उठेको बताए।

‘संविधानमा तीन तहको सरकारको कल्पना गरिएको छ, संघ र प्रदेश सरकारले आफूसँग भएको बहुमतको प्रयोग गरिरहेको तर स्थानीय तहले बुहमत प्रयोग गर्दा आक्रमण गर्ने?’ उनले सरकारसँग प्रश्न गरे। आफैँले बनाएको संविधानलाई संघिय सरकार र तीनका कार्यकर्ताले कुल्चिएको आरोप नेता पाण्डेको थियो। 

चियापान कार्यक्रममा नेकपाका यादब बस्नेत, समाजवादी पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, कांग्रेस जिल्ला सभापति हरिबहादुर घले लगायतले धारणा राखेका थिए। 

प्रकाशित: १५ आश्विन २०७६ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App