७ वैशाख २०८१ शुक्रबार
कला

एसिड पीडित मुस्कान खातुनलाई अमिताभ बच्चनको भिडियो सन्देश

मुम्बई– बलिउडका महानायक अमिताभ बच्चनले वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले मुस्कानलाई छिटो निको हुन शुभकामना दिएका छन्। ‘मुस्कानमाथि भएको घटना निन्दनीय र दुःखद छ’, उनले भनेका छन्। 

मुस्कानमाथि भएको घटना कुनै बालिकामाथि हुन नहुनेमा जोड दिँदै अमिताभले भनेका छन्, ‘यो एकदमै गलत भएको छ, म विश्वास गर्छु कि तपाईको देशको कानुन उनीहरु सबैलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गर्नेछ। हाम्रो शुभकामना तपाईसँग छ। तपाई मेरो फिल्म हेर्नुहुँदो रहेछ। तपाई यसैगरी सधै मुस्कुराइ रहनुस्।’

अमिताभले मुस्कानको सेवा गरिरहेका उज्जवल विक्रम थापालाई पनि धन्यवाद ज्ञापन गरेका छन्। यसअघि बलिउड अभिनेता बरुण धवन र अभिनेत्री कृति सेननले मुस्कानका लागि भिडियो सन्देश पठाएका थिए। 

त्यसैगरी चर्चित गायक राजु लामाले कीर्तिपुरस्थित उनी उपचाररत अस्पतालमै गएर भेटेका थिए। त्यतिमात्रै होइन उनले ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत समेत गाएर सुनाउँदै हौसला प्रदान गरेका थिए। 

मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc

— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019

प्रकाशित: १५ आश्विन २०७६ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App