८ वैशाख २०८१ शनिबार
समाज

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

हिलोमा डुबेका सवारी साधन । तस्बिरः सुमन/मुगु

मुगु– सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरमा बस्दै आएका छन्। यसपालीको दसैं सबै घर परिवारका सदस्य एकै ठाउँमा बसेर दसैं मनाउने तयारी त गरेको छु तर खराब मौसमका कारण हवाई यात्रा सम्भव छैन् भने वर्षाका कारण सडकबाट गाडीको यात्रा गर्न निकै समस्या छ विष्टले भने।

विष्टका भाईको परिवार दुई दिनदेखि कोहलपुर बसपार्कको टिकट काउण्टरमा लाईनमा लागे पनि टिकट पाउन नसकेको उनले बताए। विष्ट मात्रै हैनन दसैं मनाउन जिल्लाबाट बाहिर जाने कर्मचारीहरु र कामको शिलशिलामा बाहिर गएका, अध्ययन गर्न नेपालगञ्ज काठमाडौं गएकाहरु पनि दसैं मनाउन घर फर्किन सकि रहेका छैनन्। लगातार वर्षा भईरहेकाले दैनिक हवाई उडान प्रभावित भई रहेको छ भने वर्षाका कारण सडक हिलाम्मे हुँदा यात्रा असहज भई रहेको छ।

बाहिर जिल्लाबाट सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगार गर्न आएका तथा व्यापार व्यवसाय गर्न आएकाहरुलाई पनि दसैंमा घर जान नपाईने हो कि भन्ने चिन्ता छ। गाडीको बाटो पनि राम्रो छैन्, हवाई उडान पनि ठप्प छ यसपालीको दसैं परिवारसँगै बसेर मनाउन पाईदैन जस्तो छ स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए। दसैंमा घर कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ मौसम यस्तै भई रहे यतै मनाउनु पर्ला डाक्टर नगरकोटीले भने।

दसैं सुरु हुँदा बाटोघाटो सफा हुने, बाली नाली पनि पाकेर भित्र्याउने बेला भए पनि वर्षाका कारण कृषकको पाकेको बाली खेतबारीमा नै झर्न थालेको छ भने वातावरण हिलाम्मे छ। अलिकति मौसम खुल्दा बितिक्कै कृषकहरु पाकेको कोदो टिप्न खेतवारीमा निस्किन्छन्।

प्रकाशित: १५ आश्विन २०७६ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App