७ वैशाख २०८१ शुक्रबार
समाज

दसैंमा सुरक्षित यात्राकै पिरलो

जुम्लाको रारालिही खण्डमा खसेको ढुंगा हटाउँदै स्थानीय। तस्बिरः धनबहादुर/नागरिक

जुम्ला– जुम्ला चन्दननाथ नगरपालिका–२ की महिमा भण्डारी हरेक दसैंमा घरमा आउँछिन्। उनी घर फर्कदा मनमा कर्णाली राजमार्गको यात्रा सुरक्षित हुनेकी असुरक्षित भन्ने चिन्ताले अड्डा जमाउँछ। दसैंमा कर्णाली सडकमा यात्रा गर्नु भनेको मृत्युसँग पौठेजोरी गर्नु जस्तै मान्छिन्। उनले भनिन्,‘ कर्णालीको साँघुरो सडकमा खचाखच यात्रुले भरिएका सवारी देख्दा मन झस्कन्छन्। तर यो सडकमा यात्रा नगरि सुख पनि छैन्।’ सडक निकै साँघुरो, कालोपत्रे उप्कीएर खाल्डैखाल्डोको यात्रा घर फर्कदा सम्म शरिर दुखेर हैरान हुन्छ। उनले भनिन्,‘ कर्णाली सडक सुरु भएपछि देशमा शासन ब्यवस्था बदलियो तर सुरक्षित रुपमा यात्रा गर्न पाउनु पर्ने कर्णालीबासीको सपना बदलिएन्।’

चन्दननाथ नगरपालिका–२ खोलिकोटका दिपकबुढा थापा दसैंमा यात्रा गर्दा कर्णाली राजमार्गको कालिकोट खण्डमा लुटिए। उनले समयमै घर फर्कने सोचेका थिए। तर सडकमा पहिरो आएको र खाल्डाखुल्डीका कारण घर पुग्न सकेनन्। उनी कालिकोटमा लुटिए। दिपकले अहिलेसम्म दसैंमा गरेको कर्णाली सडकको यात्रा बिर्सेका छैनन्। उनले भने, ‘कर्णाली सडक भरपर्दो छैन्, सुरक्षित पनि। अझ भनाैं यात्रा बाध्यताले गर्न विवश छन् कर्णालीबासी। राजमार्गमा चालकले निकै जोखिमपुर्वक सवारी चलाउँछन्। यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्छन्। उनले भने, ‘यात्रा प्रारम्भ भएदेखि नै कर्णालीबासीले देउताको भाकल गर्न थाल्छन्। जब गन्तव्यमा पुग्छन्, तब शान्तिको सास फेर्छन्। यात्रामा सास्तीको सास फेरीरहेका कर्णालीबासी घर पुगिसकेपछि आफु भाग्यले गन्तब्यमा पुगेको अनुभुति गर्छन्।’

निरन्तर आधा घण्टासम्म वर्षा भएमा कर्णाली सडकमा माथिबाट पहिरो आउन थालिहाल्छ। पहिरो पन्छाउनको लागि राज्यले तदारुकता देखाउदैन्, अनि यात्रु अलपत्र पर्छन्।

आरामदायी यात्रा गरेर सहजै रुपमा घर पुग्ने सपना बोकेका कर्णालीबासी बीचमै अलपत्र हुदा निकै दुःखित हुने गरेका छन्।  तर सडक समस्याका कारण दसैंमा यात्रा निकै कठिन हुने गरेको छ। दसैंको समयमा वर्षा पनि निरन्तर लागिरहने भएकोले यात्रा निकै सकसपुर्ण नै हुने गरेको छ। यात्रु सडकको चिन्तामा देखिन्छन्। यात्रुको पर्खाइमा घरपरिवार पर्खिे राखेका हुन्छन्। 

दसैंमा कर्णाली सडकले यात्रुलाई रुवाउँछ। घरपरिवारलाई चिन्ता थपिदिन्छ। यात्रा गरौँत निकै जोखिमपुर्ण छ। नगरौँ, कर्णाली सडकको विकल्प छैन्। उनले भने, ‘मृत्युसँग लडेर यात्रा गर्न विवश छौं। काठमाडौदेखि सुर्खेतसम्मको यात्रा सहज नै छ। तर सुर्खेतदेखि जुम्लासम्मको झण्डै २ सय ३६ किलोमिटर सडकखण्ड कठिन हुुने गरेको छ।

हवाई सेवा सर्वसाधारण नागरिकको पहुँच भन्दा बाहिर छ। कर्णाली सडक कहर बन्छ। कर्णालीको हुम्ला, डोल्पा, मुगु र जुम्लामा हवाई सेवा छ। तर सर्वसाधारणमैत्री सेवा नदिँदा हप्तौ लगाएर भएपनि सडक यात्रा गर्नुको विकल्प छैन्।

कर्णाली यातायात प्रालिका अध्यक्ष मिनबहादुर थापा सडक बिग्रेका कारण यो पटकको दसैं यात्रा निकै संकटपुर्ण रहेको बताउँछन्। ठाउँठाउँमा पहिरो गएको छ। केहि ठाउँमा पहिरो आउने जोखिम बढेको छ। वर्षातका कारण खोला बढेका छन्। यात्रा निकै असुरक्षित छ, उनले भने, ‘कर्णाली सडक स्तरउन्नती नहुनु र कर्णालीमा सेवा दिईरहेका यातायातका साधन कम हुनुले पनि दसैं यात्रा निकै पिडामय बन्ने गर्दछ।’

दसैंको बेला व्यवसाय पनि जोखिममा हुन्छ। यात्रु पनि जोखिममा नै। उनले भने, ‘व्यवसायीलाई दसैंमा नचलाऔँ भने फाईदा हुदैन्, यात्रुलाई जोखिम मोलेर घर नर्फे आफन्तजन भेटघाटको माध्यम दसैं निरस हुन्छ। यो सडकमा यात्रु र यातायात व्यवसायी बाध्यताबस यात्रा गरिरहेका छन्।’

पहिरो गइहालेमा तत्काल विकल्प छैन्। पहिरो पन्छाउदै गाडी चलाउँदै गर्नुपर्छ। राजमार्गमा बन्नु पर्ने पुल बनेका छैनन्। त्यहाँ खोला आएका छन्। खोला तर्न सवारीसाधनलाई निकै गाह्रो छ। जोखिम संभावित क्षेत्रमा सरकारले डोजरसम्म राख्न सक्दैन्। अध्यक्ष थापाले भने, ‘ सडक दुई लेनको नबन्दासम्म सवारी सकस यथावत नै रहने निश्चित छ।’ हाल कर्णाली राजमार्गमा १५ वटा यातायात समितिले सेवा दिइरहेका छन्।  तर त्यो समेत अपुग देखिन्छ। यात्रुको घुइँचो छ। नेपालगञ्ज र काठमाडौंमा टिकट नपाएर यात्रु बिचल्लीमा पछन्। गाडी तत्काल थप्न सकिने अवस्था छैन्। यात्रु ठगिने सम्भावना बढ्दो छ। अध्यक्ष थापा भन्छन्, ‘बीचमा अलपत्र पर्ने र टिकट बनाईदिने नाममा दलालीले ठग्ने गरिरहेका छन्।  ’ 

उनका अनुसार दसैैंका बेला काठमाडौंबाट दैनिक दिन पाँच वटा बस छुटाउनु आवश्यक छ। अहिले एउटा बस मात्र छुट्छ। एउटा बस थप्ने तयारी कर्णाली यातायात प्रालिले तयारी थालेको छ। नेपालगञ्जदेखि सानो ठुलो गरेर पाँच वटा सवारी जुम्लाका लागि छुट्छन्। जहाँ न्युनतम १५ वटा सवारी दैनिक छुटाउन जरुरी छ। सुर्खेतबाट २० वटा सवारी छुटेको खण्डमा कर्णालीको यात्रा सहज हुने देखिएको कर्णाली यातायात प्राली जनाउँदछ।

दसैंको अवधिमा मात्र यात्रु खचाखच हुने भएकोले अन्य समयमा बसिरहनु पर्ने अवस्थालाई मध्येनजर गर्दै व्यवसायी सवारी छुटाउन मान्दैनन्। अहिले कर्णालीमा चल्ने सबै सवारी प्याक भईरहेका छन्। दसैंमा मात्र तत्कालिन कर्णालीका झण्डै चार लाख मानिस घर फर्कने गरेको देखिन्छ।

डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख सर्वणकुमार महतारा  बार्है महिना चौविसै घण्टा सडक खुलाउने अभ्यास भईरहेको बताउँछन्। उनका अनुुसार राजमार्गको दैलेख कालिकोट सिमानमा दैखोलादेखि कालिकोड पिलीसम्मको सडकका लागि हुल्म बजारमा एउटा डोेजर तैनाथ गरिएको छ। त्यो डोजरले सडक सफा गर्ने देखि तत्काल पहिरो पन्छाउने गर्छ। कालिकोट पिलीदेखि जुम्ला खलंगा र मुगु गमगडीसम्मको सडक सुधारका लागि नाग्मगाडमा डोजर तयारी अवस्थामा राखेको छ। अहिले दुबै मेसिन चालु अवस्थामा रहेको उनी बताउँछन्।

कर्णाली राजमार्गको गगने खोला, कालेखोला, सुनार खोला, पिली, खल्लागाड, टाकुल्ला खण्ड निकै जोखिमपुर्ण मानिदै आएका छन्। कालिकोटको भुगोलमा आधा घण्टा पानी परेर ढुुंगा सडकमै आउने गर्छन्। उनले भने, ‘पछिल्लो समयमा    सडकले मेन सडक अप्ठायारोमा छन्। दैनिक दुई हजारदेखि चार हजार मानिस आउजाउ गर्न सक्नु पर्नेमा यो सडकमा त्यो हुन सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटले नजिकिदै गरेको दसैं र दिपावलीमा यात्रा सुरक्षित होस भन्ने हेतुले सवारी चालक र यात्रुलाई लक्षित गरी जिरो प्वाईटमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। सवारी चालक, परिचालक र यात्रुहरुले ध्यान दिनुपर्ने बिषय समेटिएको पर्चा पम्पेलट वितरण गर्दै चालकलाई सम्मान गरेर यात्रा सफलताको कामना गरेको छ। क्षमता भन्दा बढि  यात्रु नराख्न, ट्राफिक नियम लागु गर्न र सुरक्षित पुर्वक विस्तारै गाडी चलाउनको लागि आग्रह गरेको छ।

यता कर्णालीको मुगु जिल्लामा वर्षका तीन महिना भन्दा बढि नियमित रुपमा सवारी चल्दैन्। त्यहाँ सडक हिलाम्मे हुँदा चिप्लिने त्रास छ। कर्णाली राजमार्गमा विभिन्न समयमा सवारी दुर्घटना हुँदा सयौंले ज्यान गुमाईसकेका छन्।

प्रकाशित: १५ आश्विन २०७६ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App