coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

बेत्रावती- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ।

वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।   

गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो।

उक्त स्थानमा अहिले प्रहरी सुरक्षा दिइरहेको छ भने डिष्पोज गराउन जबरजङ्ग गण देवीघाटबाट नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App