म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

बुधबार, १५ असोज २०७६, ११ : ०५ नागरिक

डोटी- जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ।    

बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब पाँच लाख रुपैयाँ बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो। दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो।

त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।     

त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपिडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ।

पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करीब आठ लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।     

अखाद्य वस्तुलाई कानूनी प्रक्रिया अनुसार नष्ट गरिएको छ। म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लार्यस, कलेल ट्रेडर्स एण्ड सप्लार्यसबाट भेटिएको टोलीले जनाएको छ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो।    

यस्तै, सिन्धुली जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमनका क्रममा फेला परेको म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा पेय पदार्थको माग पनि बढ्ने गरेको र म्याद सकिएका पेय पदार्थ बिक्री वितरण नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले जानकारी दिए।    

म्याद सकिएर पनि बिक्रीका लागि राखिएको चिसो पेय पदार्थ भेटिएकाले सञ्चालकलाई आगामी दिनमा म्याद सकिएका कुनै पनि खाद्यवस्तु बिक्री वितरण नगर्न आग्रह गगरिएको उनले बताए। अनुगमनका क्रममा नवदुर्गा ट्रेडर्स र भूपूसैनिक होटल जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बजार अनुगमनमा आठ होटल तथा पसलमा राखिएको चिसो पेय पदार्थको अनुगमन गरिएको थियो। रासस






यसमा तपाईको मत

अन्य समाचार

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

Ncell Footer Ad