जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

बुधबार, १५ असोज २०७६, १० : ५१ नागरिक

राँझा- जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ।

रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए।     

उनका अनुसार, रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातिहरु पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनीकरण हुने र जङ्गली जनावर सुरक्षित हुुने आशा गरिएको छ। निकुञ्जले पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर पुल बनाएको छ। जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर पुल निर्माण गरिएको छ।     

जङ्गली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गका छ स्थानमा यस प्रकारका आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए। उनले पूर्वपश्चिम राजमार्गको ओभरी–अगैयाकाबीचमा तीन स्थानमा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई स्थानमा आकाशे पुल सञ्चालनमा ल्याइएको बताए।

पुलमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका नौ थान क्यामेरा जडान गरिएको छ। क्यामेरा छ महीनासम्म राखेर नियमितरुपमा अनुगमन गरिने थपलियाले बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad