coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथर– पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ। सदरमुकाम र आसपासका विभिन्न क्षेत्रमा प्रयोगकर्ताको संख्या बढ्दै गएको पाएपछि जिल्ला प्रहरी कार्यालयले न्यूनिरकणका लागि प्रयास थालेको छ। लागुऔषध सहित एक पछि अर्को गर्दै पक्राउ पर्ने क्रम बढ्दै गएको छ। 

पछिल्लो एक महिनाको अवधिमा लागु औषधसहित १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। विभिन्न किसिमका लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको र प्रयोगकर्ता मात्र हुन कि विक्रेता पनि हुन भन्नेबारे अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले बताए। 

प्रहरीका अनुसार दश जनालाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको हो। यसरी पक्राउ परेकाहरु ३० बर्षमुनीका रहेका छन्। उनीहरुले कसरी लागुऔषधप्राप्त गरेका, प्रयोगकर्तामात्र हुन कि कारोवारीसमेत हुन भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। लागुऔषधको घटनामा जिल्लामा यति ठूलो संख्यामा पहिलो पटक पक्राउ परेको हुन। ‘घटनाक्रम हेर्दा प्रयोगकर्ता बढ्दै गएको देखिन्छ। अभिभावक तथा समुदाय सचेत हुन जरुरी छ। अनुसन्धान भइरहेकाले बाँकी विवरण खुल्न केही समय लाग्ने छ’, डिएसपी न्यौपानेले भने।

पक्राउ परेकामध्ये एक जना १७ बर्षमुनीका रहेका छन्।  पक्राउ परेकामध्ये मिलन थाम्सुहाङ पुर्पक्षका लागि कारागार चलान भएको डिएसपी न्यौपानले जानकारी दिए। बाँकीको अनुसन्धान भइरहेका जानकारी दिइएको छ। पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगर, नाईट्राभेट, स्पाटपेन, टि डोल लगायतका लागुऔषध फेला परेको थियो। 

पटक पटक दुर्व्यसनी बढेको चर्चा हुने भए पनि यसको नियन्त्रण र यसको विरुद्धमा कार्यक्रमहरु सञ्चालन हुन सकेको देखिँदैन। लागुऔषध विरुद्ध काम गर्ने संघ सस्था समेत जिल्लामा छैनन्। लागुऔषध प्रयोग गर्न नदिन तथा प्रयोग गरिरहेकालाई सुध्रार्नका लागि परिवार र समुदायले भूमिका खेल्नु पर्ने देखिएको न्यौपाने बताउँछन्। २०६९ सालमा १ लाख जना लागुऔषधको दुर्व्यसनीमा फसेको सर्वे भएको थियो। यो संख्या एक प्रतिशत बढेको अनुमान गरिन्छ।

पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा अगाडि बढाइएको छ। प्रहरीले मुख्य कारोवारीको जालो  पत्ता लगाउनका लागि अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले बताएको छ। नियन्त्रणका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कक्षा– ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम समेत अघि बढाइएको डिएसपी न्यौपानेले बताए। स्थानीय सरकार, शिक्षक, समुदायको सहयोगमा जिल्लामा लागुऔषध विरुद्धको विशेष अभियान चलाउनु पर्ने आवश्यकता देखिएको न्यौपाने बताउँछन्। 

प्रकाशित: १५ आश्विन २०७६ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App