coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवरुद्ध सडक खुल्यो

खोटाङ – पहिरोका कारण अवरुद्ध दिक्तेल–हलेसी सडकखण्ड करिब १४ घण्टापछि खुलेको छ । निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सो सडक मंगलबार बिहान खुलाइएको हो । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा दुईवटा जेसिभी प्रयोग गरेर सडकको अवरोध हटाइएपछि सडक खुलेको हो ।

सवारीसाधन एकतर्फी आवत–जावत सुरु भए पनि पहिरो पन्छाउने काम पूर्ण रूपमा नसकिएको पहिरोमा छेकिएका शिक्षक दिलीप राईले बताए । वर्षाका कारण जिल्लाका सबै कच्ची सडक ठप्प भएको अवस्थामा पनि सञ्चालनमा रहेको एक मात्र सडकमा पहिरो खस्दा यात्रु थप मारमा परेका छन् ।

दसैंतिहारको मुखमा खोटाङका दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक ठप्प बनेका छन् ।

प्रकाशित: १५ आश्विन २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App