६ वैशाख २०८१ बिहीबार
समाज

अपराध रोक्न विशेष सुरक्षा

बारा – चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

भारतसँग सीमा जोडिएका नाका, राजमार्ग, बजारलगायत मानिसको बढी भिडभाड हुने स्थानमा बढी संख्यामा प्रहरी परिचालन गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार विशेष सुरक्षा व्यवस्थाअन्तर्गत जिल्लाभरिकै १६ वटा स्थानीय तह, राजमार्ग, मनिसको बढी भिडभाड हुने बजार क्षेत्र, बैंक तथा अन्य वित्तीय क्षेत्रको २४सै घण्टा निगरानीका लागि चार सय ७६ जना प्रहरी परिचालन गरिएको छ । आआफ्नो गन्तव्यमा जाने यात्रुहरू नठगिऊन् र समस्यामा नपरून् भन्दै उनीहरूको सुविधाका लागि प्रहरीले कलैया, सिम्रौनगढ, निजगढ, पथलैयालगायत सात स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । पृथ्वी राजमार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुड्ने सवारीसाधनमा बर्दी र सादा पोसाकमा पनि प्रहरी पचिलान गरेर यात्रुलाई सुरक्षा दिने काम सुरु गरिएको उनले बताए ।
 

प्रकाशित: १५ आश्विन २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App