रोकिएन अवैध ढुंगा उत्खनन

बुधबार, १५ असोज २०७६, ०६ : ५५ नागरिक

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगा उत्खननको काम रोकिएको छैन।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको दिक्तेल–खानीडाँडा सडक खण्ड आसपासमा अवैधरुपमा ढुंगा खानी सञ्चालनमा रोक लगाइए पनि ढुंगा उत्खननको काम नरोकिएको स्थानीयले गुनासो गरेका छन्।

नगरपालिका र प्रशासनले खाल्लेको नाहिमा नजिक, अँधेरी खोला, सिद्धेश्वर गुफा, त्रिपुरेश्वर मन्दिरमाथि र गौथली भीर क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खननमा पटक–पटक रोक लगाए पनि ढुंगा निकासी गर्नेक्रम नरोकिएको भन्दै स्थानीयले प्रशासनसमक्ष ढुंगा खानी रोक्का गर्न पुनः माग दोहो-याएका छन्।

जथाभावी स्काभेटर र जेसिभी प्रयोग गरेर ढुंगा फुटाएर निकाल्नेक्रममा पानीको मुहान सुकेको, ढुंगा निकालेको ठाउँभन्दा माथि र मुनिको बस्ती पहिरोको जोखिममा परेको, जंगल र सार्वजनिक जग्गासमेत अधिग्रहण गरी ढुंगा खानी सञ्चालन गरिएको स्थानीय नारायण बस्नेतले गुनासो गरे। अवैधरुपमा सञ्चालनमा रहेका ढुंगा खानी बन्द गर्न नगरपालिका, जिल्ला समन्वय समिति र प्रशासनलाई निवेदन दिइए पनि सुनुवाइ नभएको मंगलबार प्रशासनलाई दिइएको निवेदनमा उल्लेख छ।

ढुंगा उत्खननका काम नरोकिएपछि स्थानीय नारायण बस्नेत, सिताराम बिष्ट, दिपक बस्नेत, कमला बस्नेतलगायत ११ स्थानीय, युवा समाज सेवा गुठी र टोल सुधार समितिले तत्काल ढुंगा खानी रोकेर स्थानीय र प्राकृतिक स्रोतको सम्पदाको संरक्षण गर्नका लागि पुनः अर्को निवेदन दिएको स्थानीय नेत्र कट्वालले बताए। रोक लगाइए पनि गत साउन २५ गते राति अवैधरुपमा ढुंगा निकासी गरिरहेको पाइएपछि नगरपालिकाले डोजरसहित एक निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको थियो।

दिक्तेल–खानीडाँडा सडकको आसपासबाट अवैधरुपमा भइरहेको ढुंगा उत्खननका कारण धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीको अस्तित्व खतरामा परेको भन्दै नगरपालिकाले सो क्षेत्रबाट ढुंगा उत्खननमा रोक लगाएको थियो।

अवैधरुपमा ढुंगा खानी सञ्चालन गर्दा करिब एक किलोमिटरमाथि डाँडामा रहेको मझुवागढीको अस्तित्वमा असर पु-याएको, खानेपानीको मुहान सुकेको र दिक्तेल–खानीडाँडा सडकमा थुप्रिएको ढुंगा माटोले सवारी साधनलाई आवत–जावतमा समस्या सिर्जना गरेकाले प्रशासनले पनि २०७४ साल असारमा ढुंगा उत्खननमा रोक लगाएको थियो। ढुंगा खानी सञ्चालनका कारण वाताबरण, प्राकृतिक श्रोत सम्पदामा नकरात्मक अशर परेकाले नगरपालिकाले वातावरण प्रभाव मूल्यांकन र दर्ता प्रकृया पुरा गरेर मात्र खानी सञ्चालन गर्न भनेको थियो।

सो आसपासबाट निकालिएको ढुङ्गा र गिटी सदरमुकाम दिक्तेलमा निर्माणाधिन सरकारी भवन तथा व्यक्तिको घर निर्माणमा प्रयोग हुने गरेको छ। ढुंगा बिक्रीबाट खानी सञ्चालकले राम्रो आम्दानी गर्दै आएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad